चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउन प्रधानमन्त्रिको निर्देशन

उज्यालो प्रतिनिधि २४ माघ २०७६, शुक्रबार समाचार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नोवेल कोरोना भाइरस संक्रमणको भयका कारण चीनको हुपे प्रान्तबाट फर्कन चाहने नागरिकलाई अविलम्ब स्वदेश ल्याउन निर्देशन दिएका छन्।

बालुवाटारमा बिहीबार आयोजित विशेष बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजनाअनुरूप तयारीमा जुट्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले चीनबाट फर्कन चाहने नेपालीका लागि क्वारेन्टाइनस्थल व्यवस्थित गरेर मात्र स्वदेश ल्याउन निर्देशन दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्ध रूपमा सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए।

बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, मुख्यसचिव र सम्बद्ध मन्त्रालयका सचिव एवं सुरक्षा अधिकारी सहभागी थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार