भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा पद गुमाउनु पर्यो : मन्त्री तामाङ्
सिन्धुपाल्चोक । पूर्वकानून न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारविरुद्ध अभियानमा लाग्ने क्रममा आफुले पद गुमाउनु परेको बताउनुभएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले सभामुख अग्नि प्रसाद सापकोटालाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै सो बताउनु भएको हो । कार्यक्रममा बोल्दै तामाङले बालुवाटारस्थित ललिता निवास बेचेर खाने धेरै रहेका बताउँदै भ्रष्टाचारविरुद्धको मु्द्दाको फाइल खोल्दा केही शक्ति अत्तालिनु स्वभाविक रहेको बताउनु भएको छ । थप पढ्नुहोस् ...













