ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउनु हुन्न : नेता नेपाल

उज्यालो प्रतिनिधि २४ माघ २०७६, शुक्रबार समाचार

बिराटनगर। नेपाल कम्युुनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एंव पूर्व प्रधानमन्त्री माधवकुुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने बताएका छन्।
उनकै पालमा भएको मन्त्रिपरिषद्को निर्णयमा सहभागी मन्त्रीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ भने, तत्कालीन प्रधानमन्त्री उनीमाथि अख्तियारले मुद्दा चलाएको छैन।

विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुुरा गर्दै नेता नेपालले उक्त प्रकरणमा अनुुचित कार्य गरेर भ्रष्टाचार गर्ने जो भए पनि उन्मुुक्ति दिन नहुुने बताए। कोही निर्दोष मान्छे पर्न नहुने तर दोषी भए उम्कन पनि नहुने नेपालले बताए।

नेता नेपालले सो घटनामा दोषी नरहेको दाबी गर्दै आफू भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे रहेको बताए।

उनले आफ्नो पालामा उक्त जग्गामा नयाँ मोही बनाउने निर्णय नभएको प्रष्ट पारे। ‘कुुनै बाटो बनाउने विषयमा निर्णय गरिन्छ यदि बाटो वनाउदा भ्रष्टाचार भयो भने बाटो वनाउन निर्णय गर्ने प्रधानमंत्रीलाई दोषि भन्न मिल्दैन’, उनले भने।

उनले ललिता निवास जग्गा प्रकारणमा कसैलाई पार्टीगत रुपमा मुुद्दा नलगाइएको दावी गरे।

फरक प्रसंगमा नेता नेपालले एमसीसीका विषयमा नेपालले परियोजनामा रहेका प्रावधानहरु नेपालको हितमा छन् छैनन् भन्ने विषयमा गहन अध्यन गरेर चाँडो टुंगो लगाउनुपर्ने बताए। एमसीसीको विषयमा अध्ययन गर्न कार्यदल बनेको बताउँदै उनले कार्यदलले निष्पक्ष रुपमा काम गरेर यो विषय चाँडै टुुंग्याउनुुपर्ने बताए।

नेता नेपालले सरकाले आफ्नो कामलाई तिव्रता दिएर समृद्ध नेपाल र सुुखि नेपालीको अभिभारालाई पुुरा गर्नुुपर्नेमा जोड समेत दिए।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार