इटहरी १० स्थित आमझोकी खण्डमा सडक निर्माणका क्रममा विस्थापितहरुलाई पूर्नस्थापना गरिने भएको छ । इटहरी उपमहानगरले संचालन गरिरहेको वहुबर्षे योजना अन्र्तगत आमझोकी खण्डको सडक कालोपत्रे गर्ने क्रममा पूर्णरुपमा विस्थापित १३ परिवारलाई पूर्नस्थापना कार्यक्रम सुरु गरिएको छ ।
१३ परिवारलाई इटहरी १० स्थित आमझोकीमा पूर्नस्थापना कार्यक्रमको मेयर द्धारिकलाल चौधरीले सुरुवात गर्नुभयो । उहाँले गाउका जनतालाई उपमहानगरवासी भएको अनुभूति दिलाउन गाँउ गाँउका मुलवाटोहरु धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको जनाउनुभयो । कालोपत्रे गर्ने क्रममा विस्थापितहरुलाई एकै ठाँउ जग्गा उपलब्ध गराएर पूर्नस्थापना गर्न वडा नम्वर १०ले गरेको पहलको उहाँले प्रशंशा गर्नुभयो । वडा नम्वर १०को सार्वजनिक पर्ती ऐलानी जग्गामा इन्जिनियरिङ्ग कलेज,संग्राहलय,कृषि थोक विक्रि केन्द्र लगायत निर्माण गर्ने वारेमा पहल भइरहेको जानकारी गराउनुभयो । कार्यक्रममा वडानम्वर १०का अध्यक्ष प्रकाश चौधरी, ११का रुपेश चौधरी,१२का हेमानन्द दाहाल र १३ का अध्यक्ष शिव नारायण चौधरीले गाँउका जनतालाई उपमहानगरवासी वनाउन उपमहानगरले गरेको पहलले गाँउका वासिन्दा उत्साहित वनेको वताउनुभयो ।