मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयन आएसँगै मलेशिया जाने कामदार बढे

उज्यालो प्रतिनिधि २४ माघ २०७६, शुक्रबार समाचार

काठमाडाैं । मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत भदौदेखि कार्यान्वयनमा आएको हो ।

त्यसयता नयाँ श्रमस्वीकृति तथा वैधानिकीकरण भएर मलेशिया जाने कामदारको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्षको पुुससम्ममा २२ हजार ८१४ जना नयाँ नेपाली कामदार मलेशिया गएका छन्, जुन गत आवको सोही अवधिको भन्दा ७७९ दशमलव ८३ प्रतिशतले बढी हो । गत आवको पुससम्म २ हजार ५९३ जना मात्र नेपाली नयाँ श्रमस्वीकृत लिएर मलेशिया पुगेका थिए ।

पुनः श्रमस्वीकृति लिएर भने १५ हजार १६७ नेपाली मलेशिया गएका छन्, जसअनुसार पुससम्म ३७ हजार ९८१ जना नेपाली कामदार त्यहाँ गएको देखिन्छ । गत आवमा मलेशियामा कुल १७ हजार ८३० जना नेपाली कामदार गएका थिए ।

म्यानपावरद्वारा कामदारहरू ठगिएको भन्दै सरकारले २०७५ जेठदेखि मलेशियाका लागि श्रमस्वीकृति दिन रोक लगाएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार