‘गणतन्त्रको निम्ति लड्दालड्दै एक हात र आँखा गुमाउनु माइला लामाको कसुर हो ?’

उज्यालो प्रतिनिधि ५ श्रावण २०७६, आईतवार समाचार

माननीय गृहमन्त्री ज्यु,
नमस्कार !

जनबादी गायक एबम नेकपाका केन्द्रीय सदस्य माइला लामालाई तपाईको मातहतमा रहेको प्रसासनद्वारा पक्राउ गरिएको खबर सुन्नमा आउँदा अति नै दु:खी र भावुक भएको छु ।

माननीय मन्त्री ज्यु,

जनताको वर्गीय मुक्तिको खातीर तथा २३८ बर्षे सामन्ती राज्यसत्ताको अन्त्य र गणतन्त्र स्थापनाको लागि लड्डालड्दै आधा शरीर गुमाइसकेका माइला लामालाइ आज किन र के कारणले पक्राउ गरियो भन्ने कुरा थाहा छैन। के अपराध गरे माइला लामा र माइला लामाजस्ता अरु योद्धाहरुले?

जुन योद्धाहरुको रगत पसिना र योगदानले आज तपाईहरु देश र प्रशासन हाँकेर बस्ने अवसर पाउनु भएको छ। माइला लामा जस्ता योद्धाहरु नभएको भए तपाइहरु आज देशको ‘शेख’ बनेर बस्न पाउनु हुन्थ्यो ? गणतन्त्रको निम्ति लड्दालड्दै एक हात र एक आँखा गुमाउनु नै माइला लामाको कसुर हो ? होइन भने किन पक्राउ परे ? दिनानुदिन कालाबजारी गर्ने अरबौ भ्रष्टाचार गर्ने भ्रष्टाचारी, ठग्ने ठग, दलाली गर्ने दलाल, बलात्कार गर्ने बलात्कारी जस्ता अपराधीलाई पक्राउ गरेर जनतालाइ शान्ती सुरक्षा प्रदान गर्न नसक्ने सरकारले बैचारिक चेतना छर्दै हिड्ने र जनबादी गीतको माध्यमबाट सर्बहारा जनताको अधिकारको निम्ति आवाज उठाउने माइला लामाहरुलाई पक्रेर के को पुरुषार्थ देखाउनु हुन्छ ?

यो पुरुषार्थ हैन कायरता हो।
माननीय ज्यु, सक्नुहुन्छ भने सिमाबाट जंगे पिल्लर गायब पार्नेहरुलाई पक्राउ गर्नुस, नाकावन्दीको बहानामा कालाबजारी गरी जनतालाई दु:ख दिनेहरुलाई पक्राउ गर्नुस। राज्यको अर्बौ रुपैयाँ भ्रष्टाचार गर्नेलाई पक्राउ गर्नुस। घर-खेत वन्दकी राखेर परदेश जान लागेका युवालाई लाखौ ठगेर आफ्नो घर बनाउने ठगलाइ पक्राउ गर्नुस। दिनदिनै भैरहेको बलात्कारमा संलग्नहरुलाइ पक्राउ गर्नुस, हिम्मत छ यति गर्ने ? अंह छैन।

माननीय ज्युहरु एउटा कुरा ख्याल गर्नुस !
अधिकारका निम्ति सारा जिन्दगी त्याग्न तत्पर महापुरुषहरु यस्ता पक्राउ त के हजारौं यातनाहरुपनि सहन तयार हुन्छन्, तर कदापी विचलित हुने छैनन् ।

एकमुठी श्वास रहेसम्म वैचारिक चेतना जगाउंदै जनताको अधिकारको खातिर सदैव क्रियाशिल रहिरहेछन। प्रतिक्रियावादीहरुको पक्राउमा पर्नुभएका माइला लामाको सिघ्र रिहाइको माग गर्दछु ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार