बिष्फोटक पदार्थहरुसहित ५ पक्राउ

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०७६, शनिबार समाचार

संखुवासभा । चैनपुर नगरपालिका-१ गुफापोखरीस्थित दोभानेबाट सकेट बम १ थान, रेडबुल बम १ थान र बिभिन्न कागजातहरु सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका-४ बस्ने २७ वर्षीय सन्तोष तामाङ, अजय शेर्पा, सभापोखरी गाउँपालिका-३ बस्ने एलिना राई, भोजपुर षडानन्द नगरपालिका-१० बस्ने प्रभा तामाङ र ताप्लेजुङ तातोपानी गाउँपालिका-१ बस्ने निमनेम्बा शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरी तलासी गर्दा उक्त बिष्फोटक पदार्थहरु र बिभिन्न कागजातहरु फेला पारेको हो ।

यता संखुवासभाकै चैनपुर नगरपालिका-३ पोखरीस्थित एनसेलको इन्भर्टरमा गत माघ १२ गते राति कुकर बम पड्काई आगजनी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका-४ बस्ने ४१ वर्षीय अजित राई र सोही ठाउँ बस्ने २० वर्षीय समिन राई रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार