प्रधानमन्त्री भन्छन्, ‘बाँसुरी बजाएको न्युज मात्रै छाप्छन्, विकास गरेको त छाप्दै-छाप्दैनन्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बासुरी बजाएको समाचारमा आउने तर सरकारले गरेको कामका बारेमा कसैले नलेख्ने भन्दै सञ्चारमाध्यमहरूमाथि असन्तुष्टि पोखेका छन् । सोमवार काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजनाको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले राम्रो काम गर्दा कसै-कसैलाई पीर परेको टिप्पणी गरे । उनले भने, 'सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पीर परेको हो ?' प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरेका हुन् । पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले थप पढ्नुहोस् ...













