सिओल । कोरियाको मिर्याङमा कार्यरत एक नेपालीको शनिवार मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्याङस्थित एक स्याउ फार्ममा कार्यरत ईलामको गजुरमुखी गाउँपालिकाका यम कुमार सुब्बा लिम्बु रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए ।
लिम्बुको मे महिनाको ३० तारिखमा कोरिया आएको तीन वर्ष पुग्न लागेको थियो । फार्ममा लिम्बु एक्ला नेपाली कामदार भएको र उनी विदा दिए एक पटक घर जान्छु नभए काम नै छोडेर भएपनि जान्छु भन्दा समेत साहुले विदा नदिएपछि आ त्मह त्या गरेको हुन सक्ने रोजगारदाताको भनाईलाई उद्धृत गर्दै सुवेदीले बताए ।
‘‘लिम्बुले घर जान विदा मागिरहेको थियो, तर मैले तीन वर्षको भिषा सकिन्छ अनि कोरिया नफर्किने गरी जा भनेको हुँ, अहिले यस्तो घटना घट्यो । ’’ रोजगारदाताको भनाईलाई उद्धृत गर्दै सुवेदीले भने । सुवेदी थप्छन, —‘‘मैले रोजगारदातालाई भेटौँ भनी पटक पटक भेट्न चाहँदा पनि उस्ले भेट्न चाहेको छैन्, भोलि सम्म भेटेर थप बुझ्ने प्रयास गर्नेछु । ’’
लिम्बुको शव मिर्याङस्थित एक स्थानिय अस्पतालमा राखिएको छ । घटनाको विषयमा लिम्बुको परिवारलाई जानकारी गराईसकिएको र अन्य प्रक्रिया पूरा गरी श वलाई नेपाल पठाईने कोरियाकालागि नेपाली श्रम कन्सुलर डिल्लीराम बाँस्तोलाले जानकारी दिए । लिम्बुका श्रीमती र दुई छोरी रहेको बताईएको छ ।