जहाज होल्डिङ हुने समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अघी बढाउन मन्त्री ढकालको निर्देशन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जहाज होल्डिङ हुने समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचनाको निरीक्षण गर्दै मन्त्री ढकालले जहाज होल्डिङ भइ अनावश्यक सास्ती खेप्नृु परेकोले तत्काल यो समस्या समाधान गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका हुन । आकाशमा डेढ घण्टासम्म जहाज होल्ड भएको गुनासो सुन्नु परेको बताउँदै उनले यस्तो समस्यालाई शून्यमा झार्ने गरी तत्काल काम अगाडि बढाउन आग्रह गरे । उनले नेपालमा इन्धनको मूल्य धेरै भएको भन्दै अन्तर्राष्ट्रिय स्तरको मूल्य बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिए । जहाज होल्ड हुँदा नेपालको हवाई क्षेत्रको बारेमा गलत सन्देश समेत जाने उनको भनाई छ । त्यस्तै उनले विमानस्थलमा पहुँचको आधारमा मान्छे प्रवेश गराएर भिआइपी कक्ष थप पढ्नुहोस् ...













