ओली कम्युनिष्टको खोल ओडेर कम्युनिष्टलाई सिध्याउन कसम नै खाएर लागे : नेता ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री ओली कम्युनिष्टको खोल ओडेर कम्युनिष्टलाई सिध्याउन कसम नै खाएर लागेको आरोप लगाएका छन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रुपन्देहीमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै ज्ञवालीले ओलीलाई प्रधानमन्त्री,पार्टी अध्यक्ष सबैको जिम्मेवारी दिदा पनि विदेशीको ईशारामा काम गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न कसम नै खाएर लागेको आरोप लगाएका हुन । अदालतले पार्टी एकतालाई भंग गरे पनि अहिले नेपालमा कम्युनिष्टहरुको बहुमत भएकोले माओवादीसगँ मिलेर सरकार चलाउन गारो नभएको जिकिर गर्दै ज्ञवालीले प्रधानमन्त्री ओली रेशम चौधरीको मुद्धा बोकेर सरकार बचाउन लागेको बताए । त्यस्तै बैठकमा बोल्दै एमालेका नेता घनश्याम भुसालले ओली समूह नेकपा एमाले नै सिध्याउन लागेको बताए । भुसालले ओलीले पार्टी कब्जा गरेर कक्युनिष्ट आन्दोलन सिध्याउन लागेको बताउदै थप पढ्नुहोस् ...













