माओवादी केन्द्रद्धारा गृहमन्त्री थापाले पार्टी त्यागेको जानकारी संसद सचिवालयलाई

उज्यालो प्रतिनिधि २७ चैत्र २०७७, शुक्रबार उज्यालो फोकस

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी त्यागेको जानकारी संसद सचिवालयलाई गराएको छ ।

माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो । नेकपा एमाले प्रवेश गरेका बादलले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा आएको संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

उनले अहिले राष्ट्रियसभाको अधिवेशन सञ्चालन नभएको अवस्थामा सांसद पद खारेज भएको सूचना टाँस गरिने बताए ।

सांसद् पद खारेज भएको राजपत्रमा सूचना जारी गरी मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई जानकारी गराइने धमलाले बताए ।

यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार