मुलुकलाई बोझ थप्ने संघियता खारेज गर्नुपर्छ : अध्यक्ष केसी

उज्यालो प्रतिनिधि २८ चैत्र २०७७, शनिबार उज्यालो फोकस

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाएका छन ।

विघटित प्रतिनिधि सभा पुनःस्थापना भए पछि नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुको सट्टा फेरी देशलाई मध्यवधि निर्वाचन तर्फ धकेल्ने षडयन्त्रमा लागेको आरोप लगाएका हुन ।

बुटवलमा भएको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनले गरेका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले टुट फुट भएका कम्युनिष्टहरु फेरी मिलेर सरकार बनाउनुपर्ने र त्यसको लागि पहिले केपी ओलीले राजीनामा दिनुपर्ने बताए । केसीले सरकार जनताको आधारभूत समस्याहरु समाधान गर्नुको साटो संसद किनबेचको खेलमा लागेको बताए । केसीले संघियताले मुलुकलाई बोझ थपेको भन्दै संघियता खारेजीको माग गरे ।

चौथो राष्ट्रिय सम्मेलनले पुन चित्रबहादुर केसीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसको कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा जनकराज शर्मा, दुर्गा पौडेल, महासचिवमा मनोज भट्ट, सचिवमा हिमलाल पुरी र कोषाध्यक्षमा मधु क्षेत्री निर्वाचित भएका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार