ओली कम्युनिष्टको खोल ओडेर कम्युनिष्टलाई सिध्याउन कसम नै खाएर लागे : नेता ज्ञवाली

उज्यालो प्रतिनिधि ३१ चैत्र २०७७, मंगलवार उज्यालो फोकस

काठमाडौँ । नेकपा एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री ओली कम्युनिष्टको खोल ओडेर कम्युनिष्टलाई सिध्याउन कसम नै खाएर लागेको आरोप लगाएका छन ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रुपन्देहीमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै ज्ञवालीले ओलीलाई प्रधानमन्त्री,पार्टी अध्यक्ष सबैको जिम्मेवारी दिदा पनि विदेशीको ईशारामा काम गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न कसम नै खाएर लागेको आरोप लगाएका हुन । अदालतले पार्टी एकतालाई भंग गरे पनि अहिले नेपालमा कम्युनिष्टहरुको बहुमत भएकोले माओवादीसगँ मिलेर सरकार चलाउन गारो नभएको जिकिर गर्दै ज्ञवालीले प्रधानमन्त्री ओली रेशम चौधरीको मुद्धा बोकेर सरकार बचाउन लागेको बताए ।

त्यस्तै बैठकमा बोल्दै एमालेका नेता घनश्याम भुसालले ओली समूह नेकपा एमाले नै सिध्याउन लागेको बताए । भुसालले ओलीले पार्टी कब्जा गरेर कक्युनिष्ट आन्दोलन सिध्याउन लागेको बताउदै पार्टी एकता जोगाउन सबैलाई आग्रह गरे ।.

त्यस्तै विस्तारित भेलाले राजु गुरुङको अध्यक्षतामा २०५ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ ।

नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी दिएको छ । क्षेत्रीय कमिटी, पालिकास्तरीय ईन्चार्ज र जनवर्गीय संगठनमा संयोजक समेत तोकिएको आयोजकले जनाएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार