सञ्चारमन्त्रीलाई माग्नेबुढाको ब्यङ्ग्य ‘७० करोड माग्या, सय करोड माग्या झै गर्छन्,हेप्नी ?’
काठमाडौं। हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा)ले सांकेतिक रुपमा व्यङग्य गरेका छन्। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड डिल गरेको अडियो सार्वजनिक भएको प्रसंगमा उनले आफ्नो सामाजिक सञ्जाल फेसबूक मार्फत ब्यङ्ग्य गरेका हुन । ‘माग्नेबुढा’ले सामाजिक सञ्जाल फेसकुकमा लेखेका छन् – ‘७० करोड माग्या, कत्तिन १ सय करोड माग्या झै गर्छन्। ७० भनेको १ सय पुग्न ३० कम हो भन्ने थाहा छ की छैन ? हेप्नी ?’ थप पढ्नुहोस् ...










