एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले पार्टी सुदृढीकरण अभियान चलाउने

उज्यालो प्रतिनिधि २१ चैत्र २०७७, शनिबार उज्यालो फोकस

काठमाडौँ । नेकपा दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको सो समूहको स्थायी कमिटी बैठकले पार्टी सुदृढीकरण अभियानको लागि केन्द्रका नेताहरु खटाएर देशभर विचार गोष्ठी आयोजना गर्ने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए ।

पार्टी सुदृढीकरण अभियान अन्तर्गत प्रशिक्षण, भेला र संगठन विस्तारमा जोड दिइने उनले बताए । आगामी दुई महिनाका लागि विभिन्न कार्यक्रम तय गरिएको र त्यसका लागि जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको पनि भट्टराईले जानकारी दिए ।

बैठकले पार्टी एकता बचाउनका निम्ति फागुन २३ को फैसला अनुसार नै एकतामा फर्कन अध्यक्ष केपी ओलीलाई आग्रह गर्ने निर्णय समेत गरेको उनले बताए । त्यस्तै चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूका सुझाव थपेर प्रकाशन गरिने र प्रशिक्षणका लागि मुलुकभर लगिने निर्णय भएको उनले बताए ।

यसैगरी, वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउन काठमाडौंमा भव्य कार्यक्रम गर्ने तथा जेठ ३ गते मदन आश्रित स्मृति दिवस मनाउने निर्णय बैठकले गरेको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार