काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विश्वका पत्रकारहरुले नेपाली पत्रकारहरुबाट सिक्ने खालको पत्रकारीता गर्नु आग्रह गरेका छन ।
शुक्रबार संसदी मामिला पत्रकार समाजका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै पत्रकारीतामा पनि नेपाललाई नमुनाको रुपमा विकास गर्न आग्रह गरेका हुन । उनले हरेक समस्यामा एक भएर अगाडि बढ्न सुझाउदै नयाँ बन्ने भवनमा नयाँ तरिकाले कार्य सम्पादन गर्न आग्रह गरे । उनले मिडियमा समेत नेपाललाई उच्चतम नमुना प्रस्तुत गर्नुपर्ने बताए ।
उनले विगतमा जस्तै हार्दिकता प्रर्दशन गर्न नयाँ निर्वाचित पदाधिकारीहरुलाई सुझाए । उनले स्वस्थ ढंगले प्रतिस्प्रर्धा सबै ठाउँमा गर्नुपर्ने बताउदै राजनीतिक क्षेत्र विकृत भए सबै कुरा विकृत हुने तर्क गरे ।






