काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई प्रभावकारी वनाउन कुनै कसर बाँकी नराख्ने बताएका छ ।
दूरसञ्चार सेवाको पहुँच, प्रवाह तथा गुणस्तर सम्बन्धी शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रलाई अझै प्रभावकारी बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन । उनले लगानी धेरै तर प्रतिफल कम भएको बताउदै सञ्चार क्षेत्रको अनुगमन गर्न ढिलाई गर्न नहुने बताए । मन्त्री गुरुङले दूरसञ्चार क्षेत्रको विकास गर्न प्रदेश तथा आवश्यक परेको खण्डमा स्थानीय तहसंग पनि छलफल गर्दै डिजिटल नेपाल, स्र्माट नेपाल र समृद्ध नेपाल बनाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सांसद शेरबहादुर तामाङले आइटी क्षेत्रलाई प्रभावकारी बनाउन पहल गर्नु पर्ने बताउनुभयो । उहाले सार्वजनिक खरिद ऐनले खुट्टाबाधेको बताउदै केही खुकुलो बनाउनतर्फ ध्यान दिनुपर्ने बताए । सांसद तामाङले नेपाल टेलिकमको सौन्र्दय टेलिकमले नै विगारर्ने काम गरेकाले वायरलेस प्रविधिमा जान सुझाए ।
कार्यक्रममा सांसद प्रेम सुवालले नेपाल टेलिकमका कर्मचारीको घरमा समेत नीजि प्रदायककै सेवा लिनु दु:खद भएको उल्लेख गर्दै टेलिकम प्रतिको विश्वास घट्दै गएको आरोप लगाए । उहाले नीजि सेवा प्रदायक दुर्गममा जान बाध्य पार्ने नियम बनाउनुपर्ने बताए ।
सासंदहरुले सरकारको प्रतिनिधित्व भएको संस्थाले राम्रो काम गर्न नसक्ने तर नीजि क्षेत्रले राम्रो काम गरेको भनेर वयान दिनु राम्रो नभएको बताएका थिए । उनीहरुले नीति कागजमा मात्रै होइन व्यवहारमा लागु हुनुपर्ने बताएका थिए ।






