उज्यालो फोकस

चिडियाखानाका हात्तीको आहाराका लागि वनमन्त्रीद्वारा रु सवा लाख प्रदान

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जावलाखेलस्थित सदर चिडियाखानामा रहेका हात्तीको आहाराका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख २५ हजार प्रदान गरेका छन । मन्त्रालयमा आज चिडियाखानाका प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेललाई मन्त्री आलेले उक्त रकम प्रदान गरे । कोभिड–१९का कारण चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्यामा कमी भएको र जनावरलाई आहाराका लागि रकम अभाव भएका कारण मन्त्री आलेले रकम प्रदान गरेको उनका निजी सचिव रविन ग्यालनले जानकारी दिनुभयो । चिडियाखानामा रहेका जनावरका लागि आहारामा समस्या भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २५ औँ वर्षका अवसरमा जनावरको आहारा र व्यवस्थापनका लागि ‘एडप्ट एनिमल’ भन्ने अभियानसमेत शुरुआत गरेको थियो । उक्त अभियानलाई साथ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एकसिँगे गैँडाका लागि एक महिनाको आहाराका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ चैत्र २०७७, शुक्रबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार