अब एमाले सिध्याउने अन्तिम तयारीमा खड्गप्रसाद

उज्यालो प्रतिनिधि १३ चैत्र २०७७, शुक्रबार उज्यालो फोकस

काठमाडौं । २०७७ पुस ५ गते असंवैधानिक रुपमा संसद् विघटन गरी निर्वाचनको बाजा बजाएका प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई ११ फागुन २०७७ मा सर्वोच्च अदालतले बदर गरिदियो ।

संसद्को हत्या गरी निर्वाचनको बाजा बजाएका खड्गप्रसाद र उनका समुहले त्यतिबेला संसद विघटनलाई संवैधानिक मानेका थिए । तर, सर्वोच्चले उनीहरुको कदमलाई असंवैधानिक ठाने । संसद् सिध्याउने ओलीको कदम असफल भयो ।

खड्गप्रसादले संसद विघटन गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा फुटेको थियो । ओलीले आफ्नै तरिका र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल पक्षले अर्कै तरिकाले कमिटि बैठक गरिरहेका थिए ।

संसद विघटनको विरुद्धमा प्रचण्ड–माधव पक्ष सडकमा उत्रिए, ओली खेमा बचाउमा ।

संसदसँगै नेकपा सिध्याउने ध्यानमा हिडेका ओलीको ध्यान त्यतिबेला भंग भएको थियो, जतिबेला सर्वोच्चले उनको कदम रोकेका थिए ।

तर, नेकपा नाम कसको ? भन्ने विवाद सम्बन्धमा २३ फागुनमा सर्वोच्चले अनौठो फैसला गर्यो । जसमा भनिएको थियो, ‘ओली र प्रचण्डको नेकपा भंग भयो, अब साविकको एमाले र माओवादी अस्तित्वमा रहन्छ ।’

योसँगै नेकपा सिध्याउने ओलीको योजना सफल बन्यो । एमाले र माओवादी अलग बन्यो । सर्वोच्चको फैसलाले एमाले र माओवादीलाई २०७५ जेठ २ गते पुर्यायो ।

तर, २८ फागुनमा ओलीले आफ्नो गुटको बैठक बालुवाटारमा बोलाए । बैठकबाट एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिवबाहेकको पद खारेज गर्ने निर्णय गर्यो । अनि माओवादीबाट आएका गृहमन्त्री रामबहादुर थापासहितका नेतालाई एमाले केन्द्रीय सदस्यमा मनोनित गर्यो ।

२८ फागुनको निर्णयबाट माधव पक्ष झस्कियो । त्यसपछि उज्यालो नेटवर्कसँग माधव नेपालले भनेका थिए, ‘२८ फागुनको निर्णय फिर्ता नभए एमाले एक ठाउँमा रहन सम्भव छैन ।’

त्यसपछि माधव पक्षले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्यो । ओलीले यो भेला रोक्न हरसम्भव प्रयास गरेका थिए ।

यहीबीच ७ चैतमा ओलीले एमालेको केन्द्रीय कमिटि बैठक डाके । बैठकबाट माधव नेपालसहित, घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण माग्ने निर्णय भयो ।

स्पष्टीकरण माग्ने निर्णयपछि घनश्याम भुसालले भनेका थिए, ‘अनावश्यक रुपमा स्पष्टीकरण माग्ने निर्णयले एमाले विभाजनमा लैजान्छ, ओलीको यो शैली भएन ।’

नभन्दै माधवसहितका नेताले स्पष्टीकरण पठाएपछि ओली एमाले सिध्याउने अन्तिम तयारी थालेका छन् । ओली निकट एकजना केन्द्रीय सदस्यका अनुसार ओलीले अब माधव पक्षलाई कारबाहीको तयारी थालेको छ ।

एमालेका नेता योगेश भट्टराई भन्छन्, ‘एमाले विभाजनको बाटोमा छ, सबैले सजग भएर बचाउनुपर्छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार