एमाले विवाद : प्रधानमन्त्रीले खनाल र नेपाल पक्षका केही नेतालाई स्पष्टीकरण सोध्ने संकेत
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीभित्र गुटगत भेला गरेर अनुशासन उल्लंघन गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केही नेतालाई स्पष्टीकरण सोध्ने संकेत गरेका छन । प्रधानमन्त्री निवास वालुवाटारमा शनिवार बसेको एमाले संसदीय दलको बैठकको अध्यक्षता गरेका ओलीले पार्टीभित्र गुटगत भेला र अराजक प्रवृत्ति किमार्थ स्वीकार्य नहुने बताएका हुन । बैठकपछि सांसद शेरबहादुर तामाङले संसदीय बोर्डमार्फत पार्टीभित्र गुटगत भेला गर्ने नेतालाई स्पष्टीकरण सोध्ने संकेत प्रधानमन्त्रीले गरेको जानकारी दिए । बोर्डको बैठकबाट पार्टीभित्र गुटगत प्रवृत्ति र गतिविधि रहेका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय संसदीय दलको बैठकबाट भएको उनले बताए । पार्टीका सबै सदस्यले वैयक्तित रूपमा गतिविधि गर्न पाउने तर समूह बनाएर समानान्तर गतिविधि सञ्चालन गर्न नपाइने प्रधानमन्त्रीको धारणा रहेको तामाङले बताए । थप पढ्नुहोस् ...













