काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) नेपालको राष्ट्रिय भेला आगामी जेठ २८ गतेदेखि गर्ने भएको छ ।
वाइसिएल नेपालको चौथो पूर्ण बैठकले आगामी जेठ २८, २८ र ३० गते काठमाडौंमा भेला गर्ने निर्णय गरेको वाइसिएलका महासचिव सुवोध शेर्पालीले जानकारी दिए ।
उनका अनुसार बैठकले २०७७ चैत्र महिनाभित्र सदस्यता वितरण गर्ने, बैशाख महिनाभित्र स्थानीय तहदेखी जिल्लाका भेलाहरु सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै आगामी २०७८ जेठ महिनाको २० गतेभित्र प्रदेश भेलाहरु सम्पन्न गर्नुपर्नेछ ।






