एमाले विवाद : प्रधानमन्त्रीले खनाल र नेपाल पक्षका केही नेतालाई स्पष्टीकरण सोध्ने संकेत

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीभित्र गुटगत भेला गरेर अनुशासन उल्लंघन गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केही नेतालाई स्पष्टीकरण सोध्ने संकेत गरेका छन ।

प्रधानमन्त्री निवास वालुवाटारमा शनिवार बसेको एमाले संसदीय दलको बैठकको अध्यक्षता गरेका ओलीले पार्टीभित्र गुटगत भेला र अराजक प्रवृत्ति किमार्थ स्वीकार्य नहुने बताएका हुन । बैठकपछि सांसद शेरबहादुर तामाङले संसदीय बोर्डमार्फत पार्टीभित्र गुटगत भेला गर्ने नेतालाई स्पष्टीकरण सोध्ने संकेत प्रधानमन्त्रीले गरेको जानकारी दिए । बोर्डको बैठकबाट पार्टीभित्र गुटगत प्रवृत्ति र गतिविधि रहेका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय संसदीय दलको बैठकबाट भएको उनले बताए । पार्टीका सबै सदस्यले वैयक्तित रूपमा गतिविधि गर्न पाउने तर समूह बनाएर समानान्तर गतिविधि सञ्चालन गर्न नपाइने प्रधानमन्त्रीको धारणा रहेको तामाङले बताए । तामाङले पार्टीले आधिकारिक रुपमा बोलाउने बैठकमा स्थान महत्त्वपूर्ण नहुने बताए ।

यसअघि बालुवाटारमा बोलाइने बैठकको आलोचना गर्दै प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई माधव खनाल पक्ष सांसदले पत्र बुझाएका थिए । पत्र बुझाएपछि सांसद जीवनराम श्रेष्ठले प्रधानमन्त्रीको सरकारी निवासमा बैठक आयोजना गरेको भन्दै असहमति राखेको बताए ।

उक्त पत्र नेपाल समूहका सांसदहरू सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवारले प्रधानमन्त्री तथा दलका नेता ओलीलाई बुझाएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार