हिममान्छेको देशमा
********** ऊ हिमपहाडमा जन्मियो ! हिउँसँगै खेल्यो कहिले हिउँझैँ दुःखहरू जमाउँदै त कहिले हिमनदीझैँ खुशीहरू पग्लँदै हिउँकै काखमा ऊ हिममान्छे बनेर हुर्कियो ! ..................... हिउँको देशमा उसले हिउँकै आगो बालेर हिउँदे आकाशको जाडोलाई लखेट्यो ! हिउँले नै नुहाएर गर्मीको साउने लुतोलाई धुरी कटाई फाल्यो ! र क्यौँचोटि त – आफैभित्रको डढेलो निभाउन उसले हिउँका काँचा डल्लाहरू पनि चपाएर निल्यो ! .................... उसले त, हिउँकै सपना देख्यो र हिउँले नै खाएको विपना भोग्यो ! उसको मित्र पनि हिउँ र नजिकको शत्रु पनि हिउँ नै बन्यो ! हिउँकै धागो बाटेर उसले बनायो एउटा जिउँदो तार र बेस्सरी तिखार्यो – टुङ्नाको आवाज ! हिउँकै पत्र उधारेर डम्फुमा हाल्यो जीवनको ताल र धित् मरुञ्जेल गायो – आदिबाशी गीत ! .................... ऊ त हिममान्छे हो थप पढ्नुहोस् ...













