अहिले सरकारविरूद्ध लाग्नुपुर्व आफ्नो ठाउँबाट के गर्यौं भन्ने सोचौ : अभिनेत्री रेखा थापा

उज्यालो प्रतिनिधि २ बैशाख २०७७, मंगलवार उज्यालो फोकस

काठमाडाैँ । अभिनेत्री रेखा थापाले नेता गगन थापाका सम्बोधन, तर्क र फेसबुक लाइभमा उनले गरेका कुराहरु पार्टीको झन्डामुनि बसेर गरिएको राजनीति भएको बताएकी छिन । मेरो फिल्म डटसंग कुराकानी गर्दै उनले सो कुरा बताएकी हुन ।

अभेनेत्री थापाले भनेकी छिन ‘नेता गगन थापाका सम्बोधन, तर्क र फेसबुक लाइभमा उनले गरेका कुराहरु पार्टीको झन्डामुनि बसेर गरिएको राजनीति हो । उहाँ स्वास्थ्य मन्त्री भइसकेको मान्छे हो, उहाँलाई सबै लुप होलहरु थाहा थियो, तर आफ्नो कार्यकालमा त्यस्तो के परिवर्तन भएको थियो र ? यो बेला पार्टीको झन्डामुनि बस्नुभन्दा पनि विश्व शान्ति र स्वास्थ्य को कामना गर्नु पर्ने हो ।’

उनले भनेकी छिन ‘यतिबेला पक्ष प्रतिपक्ष सबैले सरकारले गरेको कामलाई हौसला दिएर सहयोग गर्नु पर्ने बेला हो तर एक आपसमा खुट्टा तानेर बसिरहेको देखिन्छन् । मान्छेहरु झन्डामुनि बसेर सरकारको बेइज्जत गरिरहेका छन् । त्यसले अन्तरराष्ट्रिय स्तरमा नराम्रो सन्देश जान्छ ।’

थापाले अहिले सरकारविरूद्ध लाग्नेहरूले कहिल्यै केही गर्न नसक्ने बताएकी छिन भने सरकारबिरुद्ध बोल्दा, औंला ठडाउँडा यो अवस्थामा आफुले आफ्नो ठाउँबाट के गर्यौं भन्ने पनि सोच्नुपर्ने बताएकी छिन ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार