छिरिङ लामाविरुद्ध साइबर हमला, ज्ञानेन्द्र शाहीका सचिवालय सदस्य पक्राउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसभा सदस्य माननीय छिरिङ ल्याम्बु लामामाथि प्रविधिको दुरुपयोगमार्फत नियोजित रूपमा गरिएका आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीका निजी सचिवालय सदस्य रमेश बहादुर बाग पक्राउ परेका छन् । उनीविरुद्ध माननीय लामाले साइबर ब्युरो, भोटाहिटीमा दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। असार १९ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आपत्तिजनक भिडियो सामग्रीले सांसद लामाको सामाजिक र राजनीतिक छविलाई क्षति पुर्याएको आरोप छ। उक्त भिडियो ज्ञानेन्द्र शाहीका निजी सचिवालय सदस्य रमेश बडूको फेसबुक पेजबाट सार्वजनिक गरिएको पुष्टि भएको छ। सांसद लामा विगतदेखि गणतन्त्रको पक्षमा सक्रिय रूपमा वकालत गर्दै राजतन्त्रविरुद्ध धारिलो अभिव्यक्ति दिँदै आएको कारण निर्मल निवासमा केही समयअघि तनावपूर्ण अवस्था उत्पन्न भएको र ‘कठोर बन्नु’ भन्ने निर्देशनसमेत जारी गरिएको स्रोतको थप पढ्नुहोस् ...













