लागुऔषध दुर्व्यसन विरुद्ध वडा प्रहरी कार्यालय लमहीको सचेतना कार्यक्रम
शिवु खनाल, देउखुरी। पछिल्लो समयमा देउखुरी सहित दाङमा लागुऔषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि स्थानियलाई कुलतबाट जोगाउन प्रहरीले गाउँमै पुगेर सचेत गराउन थालेको छ । लागुऔषध दुव्र्यसन र अवैध ओसारपसार विरुद्ध लमही नगर क्षेत्रका समुदायस्तरमै केन्द्रित कार्यक्रमलाई अगाडी बढाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक रोशन पाण्डेले बताउनुभयो । खुला सिमानाका कारण कोइलाबास, नेपालगन्ज र बाँकेका अन्य क्षेत्रहरु लागु औषध प्रयोग र बिक्री वितरणको उच्च जोखिममा रहेको जनाउँदै वडा प्रहरी कार्यालय लमहीले लागु औषध दुव्र्यसन रोकथामसम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक रोशन पाण्डेले समुदाय स्तरमै पुगेर विद्यार्थी र युवालाई लागु औषधको दुव्र्यसनका बारेमा सेचत गर्न अति आवश्यक ठानेर सुमदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो जनचेतनामूलक अभियान चलाइएको बताउनुभयो । उहाँले थप पढ्नुहोस् ...













