लागुऔषध दुर्व्यसन विरुद्ध वडा प्रहरी कार्यालय लमहीको सचेतना कार्यक्रम

शिवु खनाल २८ बैशाख २०८२, आईतवार उज्यालो फोकस

शिवु खनाल, देउखुरी। पछिल्लो समयमा देउखुरी सहित दाङमा लागुऔषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि स्थानियलाई कुलतबाट जोगाउन प्रहरीले गाउँमै पुगेर सचेत गराउन थालेको छ । लागुऔषध दुव्र्यसन र अवैध ओसारपसार विरुद्ध लमही नगर क्षेत्रका समुदायस्तरमै केन्द्रित कार्यक्रमलाई अगाडी बढाइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक रोशन पाण्डेले बताउनुभयो । खुला सिमानाका कारण कोइलाबास, नेपालगन्ज र बाँकेका अन्य क्षेत्रहरु लागु औषध प्रयोग र बिक्री वितरणको उच्च जोखिममा रहेको जनाउँदै वडा प्रहरी कार्यालय लमहीले लागु औषध दुव्र्यसन रोकथामसम्बन्धी चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक रोशन पाण्डेले समुदाय स्तरमै पुगेर विद्यार्थी र युवालाई लागु औषधको दुव्र्यसनका बारेमा सेचत गर्न अति आवश्यक ठानेर सुमदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो जनचेतनामूलक अभियान चलाइएको बताउनुभयो । उहाँले यो अभियान अन्तर्गत जोखिम क्षेत्रका विद्यालयमा प्रहरीले पुगेर विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागु औषधबाट हुने हानि र त्यसका असरबारे जानकारी गराएर सचेत पार्ने कार्य शुरु गरिएको बताउनुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत सञ्चालन गरिएको ‘लागूऔषध दुव्र्यसन रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम’ अन्तर्गत लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा स्थित शिव मन्दिर टोलमा स्थानिय बासिन्दाहरुको सहभागितामा ११ मा रहेको नारायण उच्चमाविमा सेचतनामूलक प्रशिक्षण गरिएको छ । सो कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक रोशन पाण्डेले समुदायस्तरमै पुगेर स्थानियहरुलाई लागूऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रणसम्बन्धी प्रशिक्षण प्रदान गर्नुका साथै सचेतनामूलक पर्चा, पम्लेट पनि वितरण गर्नुभयो । उहाँले स्थानिय समुदाय, विद्यार्थी र युवाले लागु औषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेकोबारे केही जानकारी हुनेबित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । स्थानियहरुको सहभागिता रहेको सो कार्यक्रममा सहभागी अधिकांश छात्रछात्राले लागु औषधबाट जोगिने प्रतिबद्धता जनाउँदै अरुलाई पनि सो कुलतमा लाग्न नदिने प्रतिबद्धता जनाएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक रोशन पाण्डेले बताउनुभयो । सचेतना कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीद्धारा तयार गरिएको लागु औषध दुव्र्यसन विरुद्ध अभियान शिर्षकको अवधारणापत्र प्रस्तुत गर्दै सचेतना प्रदान गर्ने गरिएको छ ।

अवधारणापत्रमा मूलतः युवा पुस्तालाई दुव्र्यसबाट जोगाउने उद्देश्यले लागु औषध दुव्र्यसन मुक्त विद्यालय, लागु औषध दुव्र्यसन मुक्त समुदाय र लागु औषध दुव्र्यसन मुक्त कार्य स्थलमा जोड दिँदै यसका लागि अभिभावक, विद्यालय र समुदायको भूमिकाबारे उल्लेख गरिएको छ । देउखुरी क्षेत्रमा विगतदेखि नै लागू औषध दुव्र्यसन विरुद्ध अभियान सञ्चालन गर्दै सचेतना प्रदान गर्ने गरिएको हो । खुला सिमानाका कारण सीमापारीबाट विभिन्न प्रकारका लागु औषध खरिद गरेर नेपाल ल्याउने कार्य दिनदिनै हुँदै आएको छ । प्रहरीले दैनिकजसो लागु औषध ओसार पसार र बिक्री गर्नेलाई पक्राउ गर्दै आएपछि अवैध रुपमा भित्रिने क्रम भने रोकिएको छैन । वडा प्रहरी कार्यालय लमही र देउखुरी सामुदायिक सेवा केन्द्र लमही दाङको संयूक्त आयोजनामा स्थानियहरुको सहभागितामा “लागू पदार्थ दुव्र्यसनी विरुद्दको सचेतनामूलक कार्यक्रम संचालन गरेको हो । “लागू औषध व्यक्ति, परिवार, समाज र राष्ट्र विरुद्धको अपराध हो” यसको सेवन तथा कारोवारले क्षणिक खुसी मिलेता पनि व्यक्तिगत तथा सामाजिक जीवन ध्वस्त हुन्छ । त्यसैले सबैले क्बथ लय तय म्चगनक भनौं, कार्यान्वयन गरौं भन्ने सन्देश बोकेर नागरिक र प्रहरी बिच हातेमालो गर्दै सुमधुर सम्बन्ध सहित सभ्य र सुरक्षित समाज निर्माणका लागि जनचेतनामूलक कार्यक्रम निरन्तर जारी राखिने ।

यता अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले समाजमा दिन प्रतिदिन लागु औषध प्रयोग गर्नेको संख्या बढीरहेकाले यसलाई जरै देखि निर्मूल पार्नु पर्ने बताउनुभयो । युवा पुस्ताले नै यसलाई निर्मूल पार्न भूमिका निर्वाह गर्नु पर्ने उहाँको भनाइ छ । उहाँले प्रहरीले यस्ता खालका कार्यक्रमा समुदाय र विद्यालय स्तरमा नै सञ्चालन गर्नुपर्ने बताउनुहुदैँ, बालबालिकाहरु बढी कुलत फस्ने गरेकाले बताउँदै यस्ता कार्यक्रम उनीहरुलाई गतल बाटोमा लाग्न नहुने रहेछ भन्ने ज्ञान हासिल हुने बताउनुभयो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार