आलेख : गण्डकीकै पहिचान हुन् आलु र भाँगो
पोखरा । ‘‘चितवनबाट फोन आउँछ, एक बोरा ताराखोलाको आलु पठाइदे, यहाँ खोज्न आउनेले पनि ताराखोलाकै खोज्छन्’’ बागलुङ नगरपालिका वडा नं २ ट्राफिक चोककी हिरादेवी पौडेल भन्दै थिईन्– ‘‘यहाँ आलुको अभावै छ, मैले यहीँको बजारमा बेचौँ कि चितवन पठाउँ ?’ पौडेलले चितवन पठाउँदा आफन्तै भएपनि ताराखोलाको आलुको मूल्य बढी दिन्छन् । बागलुङ बजार मात्रै होइन देशका ठूलादेखि साना शहरमा समेत बागलुङको ताराखोला र ढोरपाटनको आलु चर्चित छ । पौडेलजस्तै ढोरपाटन र ताराखोलाको आलु बेच्नका लागि सिजनमा बागलुङका व्यवसायीलाई भ्याइनभ्याइ हुन्छ । बागलुङका सबै ठाउँमा आलु फल्छ । कृषि ज्ञान केन्द्र पर्वतका अनुसार हिउँदे र बर्खेआलु बागलुङमा फल्छ । हिउँदमा लगाएर बर्षाको समयमा उकेर्ने बागलुङको आलु बजारमा बढी चर्चित छ । ताराखोला र ढोरपाटनमा फल्ने आलु त्यही हो जुन हिउँदको समयमा उकेर्ने थप पढ्नुहोस् ...













