कोरोना [Covid-19] विशेष

‘नुवाकोटका कोरोना संक्रमित, जो काठमाडौं–ककनी ओहोरदोहोर गरिरहन्थे’

काठमाडौं । आइतबार नुवाकोटमा पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएका नुवाकोटका ४० वर्षीय पुरुष ककनी गाउँपालिका-३, चाउथेका स्थानीय रहेको खुलेको छ। गाउँपालिका अध्यक्ष मानबहादुर लामाका अनुसार संक्रमित पुरुष बाहिर कतैबाट पनि नआएको र गाउँमा बालुवा झिक्ने ठेक्कापट्टाको काम गर्ने व्यक्ति भएको जानकारी दिए। अध्यक्ष लामाले संक्रमित पुरुष बाहिरबाट नआएको भए पनि काठमाडौं आहोरदोहोर गर्ने गर्थे। 'मैले नै गत ५ गतेसम्म काठमाडौं ओहोरदोहोर गरेको देखेको थिएँ,' उनले भने। संक्रमित पुरुषलाई टेकु अस्पताल पठाउने तयारी गरिएको छ। साथै उनीसँग सम्पर्कमा पुगेका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गर्नलाई स्वास्थ्य टोली पठाउन लागिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए। काठमाडौं महानगरले ककनीको सिसडोलका वासिन्दाहरूको परीक्षण गर्दा संक्रमित पुरुषले पनि पिसिआर परीक्षणको लागि स्वाब दिएका थिए। त्यहीँ टोलीमा उनको नतिजा पोजेटिभ आएको हो। थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ११ जेष्ठ २०७७, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार