भारतीय पर्यटक स्काई साइकिलिङमा आकर्षित
देउखुरी । दायाँबायाँ हरिया डाडाँका बीचमा उर्लदै बगिरहेको कोइलाबास खोला । उर्लँदै गरेको खोला माथि स्काइ साइक्लिङमा ओहोदोहोर गरिरहँदा मन नलोभिने सायदै कसैको होला । यही रोमाञ्चकारी यात्रा गरिरहेका भेटिए, भारतको गोण्डा निवासी श्रुति गुप्ता । भारतको गोण्डा घर भएको गुप्ता अहिले घर परिवारसंग यतिबेला घुमघामका लागि नेपालको कोइलाबासमा पुग्नुभएको छ । आफ्नो जीनवमा स्काइ साइकिलिङको अविस्मरणीय यात्रा रहने उनले सुनाउनुभयो । साइकिलिङबाट पारी तर्ने बित्तिकै प्रफूलित हुँदै उनले भने। ‘सुरुमा कसरी खेल्ने होला भन्ने ठानेर मन अलि चसक्क भएको थियो, पछि वारपार गर्दै गर्दा नडर भागेर थ्रीलर अनुभव भयो ।’ नेपालका विभिन्न ठाउँ पछिल्लो समय साहसिक तथा रोमाञ्चकारी खेलको हब बन्दै गएको छ । पर्यटकीय गतिविधि अन्तर्गत कोइलाबासमा वडा कार्यालयले सञ्चालनमा ल्याएको स्काइ साइकिलिङ सबैको आर्कषण केन्द्र बनेको छ थप पढ्नुहोस् ...












