पर्यटन : आर्थिक विकासको मेरुदण्ड : मन्त्री बस्नेत

शिवु खनाल १७ जेष्ठ २०८१, बिहीबार समाचार

देउखुरी । लुम्बिनी प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री खड्ग बस्नेतले विभिन्न मूर्त, अमूर्त सम्पदाको संरक्षण र संवद्र्धन हुनुपर्ने बताउनुभयो । उहाँले प्राकृतिक स्थलहरूको वातावरण स्वच्छ र सफा हुनुपर्ने कुरामा जोड दिदैँ, यस्ता विविध पर्यटकीय स्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउँदै पर्यटन उद्योगको विकास गर्दै लानुपर्ने बताए । यसले गरिबी निवारणमा सहयोग पुग्ने र देश आर्थिक रूपमा समृद्ध हुने मन्त्री बस्नेतले बताउनुभयो । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले लुम्बिनी प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री खड्ग बस्नेतसंग शिष्टचार भेटघाट गर्नुभएको छ ।

बिहीबार अध्यक्ष रिजालले लमहीमा रहेको जैविक विविधता ग्रिनपार्क भित्र पर्यटकीय भौतिक संरचना निर्माणकार्य लागि लुम्बिनी प्रदेश आवश्यक पर्यटन, उद्योग तथा सहकारी मन्त्री खड्ग बस्नेतलाई ध्यानाकर्षण गराउनु भएको हो ।मन्त्रीसंग कुराकानी गर्दै अध्यक्ष रिजालले लुम्बिनी प्रदेशमा पर्यटनका लागि अथाह सम्भावना भएकाले जैविक विविधता ग्रिनपार्कको प्रचारसँगै प्रदेशमा धेरैभन्दा धेरै पर्यटक भित्राउने ग्रिनपार्क विकास अभियानले सहयोग पुग्ने बताए । मन्त्री बस्नेतलाई अध्यक्ष रिजालले जैविक विविधता ग्रिनपार्क भित्र पर्यटकी संरचना निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजनको लागि माग गर्दै ज्ञापनपत्र बुझाउनु भएको हो । लुम्बिनी प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री खड्ग बस्नेतले नेपाली संस्कृति र सभ्यताको संरक्षण गरी विश्वमा प्रचारप्रसार गर्न सके प्रदेशमा पर्यटन प्रवर्धन हुने र सांस्कृतिक पहिचानसमेत आदानप्रदान हुने बताए । उनले भने,–। ‘दिगो पर्यटनमार्फत धार्मिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरण गर्न सकिन्छ । देशको अन्तर्राष्ट्रिय पहिचान बनाउनका लागि पनि पर्यटन आवश्यक रहेको छ । त्यसैले पर्यटनको विकासका लागि पर्यटकीय गन्तव्य स्थलको पहिचान हुनु पर्छ ।’

‘ऐतिहासिक, प्राकृतिक रमणीय स्थल, मनोरञ्जनको नवीन सोचबाट तयार गरिएको जैविक विविधता ग्रिनपार्क स्थलको निर्माण हुनु पर्छ । पर्यटकीय स्थलसम्म पुग्ने सडक, पैदल मार्ग, साइकल मार्ग, यातायात आदिको राम्रो बन्दोबस्त हुनु पर्छ । पर्यटकप्रति सकारात्मक सोच राखी सम्मानजनक व्यवहार गर्नु पर्छ ।’ मन्त्री बस्नेतले स्थानीय स्तरबाटै पर्यटनको विकास गर्न स्थानीय समुदाय र स्थानीय तहबिच समन्वय र सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुहुदैँ, सरकारका तीन तहले पर्यटन व्यवसायीलाई प्रोत्साहन गर्ने नीतिको ल्याउन आवश्यक रहेको बताए । मन्त्री बस्नेतले लमहीमा रहेको जैविक विविधता ग्रिनपार्कको आफु जानकार रहेको बताउनुहुदैँ, लुम्बिनी प्रदेशमा अनेत्र प्रदेशबाट आउने पाउनाहरूका लागि पार्कलाई आकर्षण केन्द्रको रूपमा विकास गर्ने बताउनुभयो । उनले भने,–। ‘हामीले अहिले पनि बाहार्य पर्यटक भित्र्याउन सकेका छैनौँ, पर्यटकीय पूर्वाधार निर्माणपछि आन्तरिक तथा भारतीय पर्यटकको चाप बढ्ने निश्चित छ । यस विषयमा प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार