मिचाहा प्रजाति नियन्त्रणसँगै आयआर्जन

शिवु खनाल २१ जेष्ठ २०८१, सोमबार समाचार

देउखुरी । मिचाहा प्रजाति नियन्त्रणसँगै आयआर्जनजैविक विविधता व्यवस्थापन कार्यक्रम अन्तर्गत प्राङ्गारिक मल उत्पादन प्रभावकारी साबित भएपछि देउखुरीका सामुदायिक वनहरु मिचाहा प्रजाति नियन्त्रणमा अग्रसर देखिएका छन् ।

मिचाहा प्रजातिबाट प्राङ्गारिक मल उत्पादन गरी त्यसबाट आयआर्जन गर्न सकिने भएकाले मिचाहा प्रजाति व्यवस्थापनमा उपभोक्ताहरूको रुचि बढेको हो । त्योसँगै प्राङ्गारिक मल उत्पादनबाट अर्गायानिक खेतीमा प्रोत्साहन र माटो सुधार हुने भएपछि उपभोक्ताहरूमा उत्साह थपिएको हो । जैविक, भौगोलिक, पारिस्थितिकीय प्रणाली तथा पर्यावरणीय र स्थानीय जीविकोपार्जनका हिसाबले महत्वपूर्ण हुँदाहुँदै अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको उचित व्यवस्थापन हुन नसकेपछि नयाँ आर्थिक वर्षदेखि जैविक विविधता कार्यक्रम सञ्चालन गर्न लागिएको हो । त्यसअन्तर्गतको एउटा क्रियाकलाप मिचाहा प्रजाति व्यवस्थापन सुरु भएसँगै अजम्मरी सामुदायिक वनमा वन व्यवस्थापनमा आधारित आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालन गर्न तयारी थालिएको हो । त्यसमध्ये प्राङ्गारिक मल उत्पादन भरपर्दो साबित हुनेछ । प्याङ्गी लहरा, वनमाराजस्ता मिचाहा प्रजातिलाई हटाउने, तिनको लहरा र झ्याङ्गलाई प्राङ्गारिक मल बनाउने कार्यबाट धेरै फाइदा मिलेपछि प्राङ्गारिक मल उत्पादन कार्यक्रम विस्तार हुँदै गएको सामुदायिक वन अध्ययन केन्द्रका प्रमुख शोभा सुबेदीले बताए ।

सामुदायिक वनले प्राङ्गारिक मल उत्पादन गर्दै आएका छन् । सामुदायिक वनहरूमा सञ्चालित यो कार्यक्रम अन्य सामुदायिक वनहरूमा विस्तार गरिएको हो । प्राङ्गारिक मल उत्पादनका लागि सहकार्य गर्न लमही नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय पनि तयार भएको वडाध्यक्ष ओमप्रसाद सुबेदी (सागर)े बताउनुभयो । नगर क्षेत्रभित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरूसँग वनको दिगो पुनःस्थापना र जैविक विविधता संरक्षणका लागि डिभिजन वन कार्यालय दाङ (देउखुरी) र नगरपालिकाले सहकार्य गर्ने भएको हो । लमही नगरपालिकाभित्र विभिन्न सामुदायिक वन रहेका छन् । ती वनहरूले करिब साढे ११ हेक्टर क्षेत्रफल ओगटेका छन् । ती वनहरूमा प्राङ्गारिक मल उत्पादनका लागि नगरपालिकाले कार्ययोजना बनाएर काम गर्ने लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले बताउनुभयो । एउटा सामुदायिक वनले एक सिजनमा १० देखि १५ टन प्राङ्गारिक मल उत्पादन गर्दै आएको डिभिजन वन कार्यालय दाङ (देउखुरी)का फरेष्टर चिरञ्जिबी खनालले बताए । जुन मल प्रतिकिलो ६ देखि १० रुपैयाँसम्म बिक्री हुन्छ । उनका अनुसार केही सामुदायिक वनले विभिन्न कृषि फर्महरूलाई उत्पादित मल बिक्री गर्ने गरेका छन् भने केहीले आफ्नै उपभोक्ताहरूलाई वितरण गर्ने गरेका छन् ।

देउखुरी क्षेत्रका किसानहरुले वार्षीक लाखौको रुपैयाँमा तरकारी बेच्छन् । आफ्नै वनमा उत्पादित प्राङ्गारिक मल किसानहरुले प्रयोग गर्छन् । आफ्नो वनमा उत्पादित प्राङ्गारिक मलमध्ये ७५ प्रतिशत मल आफूले नै प्रयोग गर्ने गरेको लमही नगरपालिका वडा नम्बर ५ निवासी देवमणी चौधरीले बताउनुभयो । सामुदायिक वन अध्ययन केन्द्रको आयोजनमा, डिभिजन वन कार्यालय दाङ देउखुरीको समन्वय तथा सहकार्य एवम् अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको संयोजकमा मिचाहा प्रजाती र पत्करबाट कम्पोष्ट मल तयारी तालिम लिएपछि अजम्मरी सामुदायिक वन उपभोक्ताहरूले प्राङ्गारिक मल बनाउन सुरुवात गर्न थालेका हुन् । प्राङ्गारिक मल उत्पादनले आयआर्जनमार्फत गरिबी न्यूनीकरणमा टेवा पुग्नुका साथै रासायनिक मलका कारण बिग्रिएको माटोमा ऊर्जा दिने गरेको डिभिजन वन कार्यालय दाङ (देउखुरी)का प्रमुख राजु क्षेत्रीले बताउनुभयो । ‘मिचाहा प्रजातिको झडी फाँड्दै मल बनाउँदा राम्रो रोजगारीको सिर्जना भएको छ, उनले भने,–। ‘यसबाट धेरै फाइदा मिलेको छ ।’ यता अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले मिचाहा प्रजातिलाई समस्याको रुपमा मात्र नलिई आम्दानी र रोजगारको अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । वनको झाडी सफाइ गरी प्राङ्गारिक मल उत्पादन गर्दा बिरुवा पुनरुत्पादन सहयोग पुगेको उनले बताए ।

त्यसैगरी अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका कोषध्यक्ष तेज बहादुर वि क ले प्राङ्गारिक मल उत्पादनमा लगानी र बजारीकरणको समस्या रहेको बताउँदै यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सके जैविक विविधता व्यवस्थापनमा ठुलो सहयोग पुग्ने धारणा राख्नुभयो ।जैविक विविधताले भरिपूर्ण जलथल वन हाल आएर बाह्य मिचाहा प्रजाति प्याङ्ग्री लहरा र वनमारालगायतको अतिक्रमणमा परेको छ । यसले एकातिर वनको वृद्धि विकास र पुनः उत्पादन घटाएको छ भने अर्कातिर बनको जैविक विविधतामा ठुलो असर पु¥याएको छ । यसको नियन्त्रण एउटा दीर्घकालीन प्रक्रिया हो र यसका लागि ठुलो श्रम र निरन्तरको प्रयासको आवश्यकता पर्दछ । मिचाहा प्रजाति नियन्त्रणको प्रयासलाई दिगो बनाउने उद्देश्यले मिचाहा प्रजाति समेतको बाह्रौमास (जैविक पिण्ड) प्रयोग गरी प्राङ्गारिक मल बनाउन सामुदायिक वन उपभोक्ता समितिहरूमा सुरुवात गरिएको हो । कृषिको आधुनिकीकरण र व्यावसायिकताको होडबाजीले रासायनिक विषादी र रासायनिक मलको अन्धाधुन्ध प्रयोगले माटोको जैविक, भौतिक र रासायनिक गुण दिनानुदिन क्षय हुँदै गइरहेको छ । हरेक वर्ष कृषिमा लागत मूल्य बढिरहेको छ ।

नेपालजस्तो निर्वाहमुखी देशमा कृषि प्रणालीको अत्यधिक कृषि लागत धान्न सक्ने स्थिति कम छ । जसले गर्दा साना तथा गरिब किसान पलायन हुँदैछन् । बुधवार सामुदायिक वन अध्ययन केन्द्रको आयोजनमा, डिभिजन वन कार्यालय दाङ देउखुरीको समन्वय तथा सहकार्य एवम् अजम्मरी सामुदायिक वन उपभोक्ता समूहको संयोजकमा मिचाहा प्रजाती र पत्करबाट कम्पोष्ट मल तयारी तालिम सम्पन्न भएको छ । कार्यक्रममा प्रशिक्षकको रुपमा निलम त्रिपाटी रहनु भएको थियो भने कार्यक्रमको सहजिकरण अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका सचिव गोमा भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार