पत्रकारमाथि भएको आक्रमणको भत्र्सना
काठमाण्डौं । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा पत्रकारमाथि भएको आक्रमणको भत्र्सना गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी गरी एभिन्यूज टेलिभिजन र प्राइम टेलिभिजनमा कार्यरत पत्रकारमाथि पिङ्गलास्थानस्थित प्यारागन पब्लिक स्कुलको व्यवस्थापनबाट भएको आक्रमण र सञ्चार सामग्री तोडफोड गरिएको घटनाप्रति भत्र्सना गरेको छ । प्यारागन स्कूलले लकडाउनको अवस्थामा पनि विद्यार्थीबाट मनोमानी हिसाबले शुल्क लिन खोजेपछि सोको विरोधमा अभिभावक आन्दोलनमा छन् । सोही विषयमा आज बिहान समाचार सङ्कलनका लागि स्कूल पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार सरोज पौडेल, सुरेश रजक र शीतल रिजाल तथा प्राइम टेलिभिजनका दीपक अर्याल र सुन्दरबहादुर गुरुङमाथि स्कूल प्रशासनमा कार्यरत साहिर उदिन भन्ने व्यक्तिले आक्रमण गर्नाका साथै दुवै टेलिभिजनको क्यामेरा र बुममा क्षति पु¥याइएको पीडित पत्रकारले महासङ्घमा जानकारी गराएको थियो । “नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटिरहेका पत्रकारमाथि भएको थप पढ्नुहोस् ...












