धादिङ । प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला देखाई टिकटक बनाउने लमजुङकी एक महिला धादिङको गल्छीबाट पक्राउ परेकी छिन् ।
टिकटकमा गोहोरोको छाला देखाएर टिकटक बनाउने लमजुङ घर भई हाल गल्छी गाउँपालिका-६ बैरेनी बस्ने ४० बर्षीय कल्पना शाहीलाई डिभिजन वन कार्यालयको वन रक्षक र प्रहरीको टोलीले आइतबार पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको र यसबारे अनुसन्धान भईरहेको प्रहरीले बताएका छन् ।






