ट्रकको ठक्करबाट एक जनाको मृत्यु

उज्यालो प्रतिनिधि ४ बैशाख २०८३, शुक्रबार समाचार

दमौली (तनहुँ),पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३–०१–००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा निजलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएकामा चिकित्सकले बिहीबार साँझ ५ः४८ बजे मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार