मेलम्ची–इन्द्रावती प्रकोप व्यवस्थापनबारे विज्ञसहित छलफल

उज्यालो प्रतिनिधि २० असार २०७८, आईतवार समाचार

सिन्धुपाल्चोक । इन्द्रावती क्षेत्रको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी विज्ञहरुसहितको अन्तक्र्रिया कार्यक्रम आइतबार मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा प्रकोपविज्ञ, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकाय प्रमुखको सहभागिता थियो ।

कार्यक्रममा भूगर्भविद् डा रञ्जनकुमार दाहालले चार वर्षअघि मेलम्ची क्षेत्रमा गर्नुभएको अध्ययनसमेत प्रस्तुतिमा जोड्दै मेलम्ची नदी किनारका बस्ती जोखिम रहेको सोही बेला नै जानकारी दिएको बताए । उनले पाँच–सात वर्षमा नदीले ल्याउने परिवर्तन त छँदैछ सय–दुई सय वर्षमा हुने परिवर्तनलाई साधारणतः आँकलन गर्न नसकिने बताए । भूगर्भविद् दाहालले मेलम्चीको वितण्डा अस्वभाविक नभई समयान्तरमा यस्तो हुन सक्ने आफ्नो अध्ययनले बताएको जानकारी दिए ।

सो अवसरमा साविक वस्तीमा पुनः बस्ती बसाल्नु खतरा हुने विज्ञको राय रह्यो । जलवायुविज्ञ डा रविन निरौलाले नदीका लागि ‘बफर जोन’ छाड्नुपर्ने मत राखेका छन । उनले नदीको धार हालसम्म यकिन नभएकाले अझै जोखिम रहेको बताए । इसिमोडका जलवायु परिवर्तनविज्ञ अरुणभक्त श्रेष्ठले भू–उपग्रहमार्फत लिएको नक्सा अध्ययन गर्दा मेलम्ची नदीको मुहान क्षेत्रमा हिउँ तथा सानो हिमतालसमेत रहेको र अहिले हिउँ पग्लिएको साथै तालसमेत फुटेको जानकारी दिए ।

काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार डा सुवोध शर्माले अबका कदमका लागि अध्ययन समूह गठन गर्नुपर्ने प्रस्ताव गरेका छन । सोहीअनुसार इसिमोडका जलवायु परिवर्तन विज्ञ श्रेष्ठको संयोजकत्वमा विभिन्न क्षेत्र र विज्ञ सम्मिलित ११ सदस्यीय समूह गठन गरिएको छ । विपद् व्यवस्थापनका लागि अबका दिनमा गर्नुपर्ने कामका बारेमा अध्ययन गरी यस समूहले सुझाव पेस गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले विस्थापनमा परेकालाई व्यवस्थापनमा जोड दिइएको बताए । मौसमविज्ञ डा अर्चना श्रेष्ठ, युएनडिपीका सहायक आवासीय प्रतिनिधि विजय सिंह, वातावरण मानवशास्त्री डा गोविन्द बस्नेत, पूर्वसूचना प्रणालीविज्ञ डा राजेन्द्र अधिकारी, जलवायुविज्ञ डा धर्म उप्रेतीले प्रकोपसम्बन्धी प्रस्तुति राखेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार