हत्यामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र

उज्यालो प्रतिनिधि २१ असार २०७८, सोमबार समाचार

काठमाण्डौं । चिल्ड्रेन भिजन नेपालले सुजिता भण्डारीको हत्यारामा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्र्दै आज उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेल समक्ष ज्ञापन पत्र बुझाएको छ ।

भिजन नेपालले चितवनको राप्ती नगरपालिका–३ प्रगतिनगरकी सुजिताका हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्दै हदैसम्मको कारवाही गरी आम महिलाको स्वतन्त्रतापूर्वक बाँच्न पाउने संविधान प्रदत्त अधिकारको प्रत्याभूति दिलाउन तथा शान्ति, सुरक्षाको सुव्यवस्था कायम गर्न र गराउन जोरदार मागसमेत गरेको छ ।

यही असार ११ गते बिहान साथीको घर जान हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता हुनुभएको थियो । आइतबार साँझ राप्तीकै सामुदायिक वनमा सुजिताको शव भेटिएको थियो । उपप्रधान तथा गृहमन्त्री पौडेलले जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाएर दोषी उपर कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । भिजन नेपालका अध्यक्ष रमेश सिलवालले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको सजाय गर्न माग गरेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार