यूकेमा लकडाउन विरुद्ध प्रदर्शन

लण्डन : बेलायतमा लकडाउन विरोधी प्रदर्शनको क्रममा १० जना पक्राउ परेका छन् । साथै झडपको क्रममा चार सुरक्षा अधिकारी घाइते भएका छन् ।

लण्डन महानगरीय प्रहरीका अनुसार त्राफलगर स्क्वायरमा भेला भएका १० हजार भन्दा धेरै प्रदर्शनकारीहरुलाई तितरबितर पार्न लाठीचार्ज गर्दा झडप भएको थियो । बेलायतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि सरकारले यही सातादेखि लकडाउन कडा गरेको हो । जसको विरोधमा शनिबार आम नागरिक सडकमा उत्रिएका छन् ।

‘दुखद रुपमा हाम्रा चार अधिकृत घाइते भएका छन्, दुई जनालाई अस्पतालमा उपचारका लागि लगियो,’ महानगरीय प्रहरीले ट्वीटरमा जनाएको छ । गत साता पनि यस्तै प्रदर्शन हुँदा दर्जनौँ प्रहरी अधिकृत घाइते भएका थिए । शनिबार प्रदर्शनको नेतृत्व गर्नेमध्ये डेभिड इक पनि थिए । जो एक प्रसिद्ध षड्यन्त्रको सिद्धान्तवादी थिए ।

भीडका केही प्रदर्शनकारीले भने कोभिड १९ को खोप विरुद्ध संकेत दर्शाउने प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री बोरिस जोन्सनले भने शनिबार विश्व स्वास्थ्य संगठनको खोप विकास गर्ने प्रयासलाई साथ दिनुपर्ने भन्दै आग्रह गरेका थिए । यही साता जोन्सन नेतृत्वको सरकारले ६ जना भन्दा धेरै मानिसबीच भेला हुन, रेष्टुरेण्ट, बार खोल्न कडाइ गरेको छ । एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार