चितवनका ८ जनामा कोरोना पुष्‍टि

चितवन । चितवनको भरतपुर अस्पतालअन्तर्गतको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले शनिबार विहान दिएको जानकारी अनुसार संक्रमण पुष्‍टि हुने सबैजना चितवनका हुन् ।

चितवनको राप्ती नगरपालिका- २, ४ र ६ का चारजना पुरुष र एकजना महिलामा संक्रमण पुष्‍टि भएको छ । पुरुषहरु १८, २८, ५७ र ६४ वर्ष उमेरका हुन् भने महिला ६२ वर्षीया हुन् । उनीहरु सबैजना क्‍वाेन्टाइनमा रहेका व्यक्तिहरु हुन् ।

त्यसैगरी रत्‍ननगर नगरपालिका-३ र १४ का ३२ र ६४ वर्षीय पुरुषहरुमा पनि संक्रमण देखिएको छ । उनीहरु पनि क्‍वारेन्टाइनका हुन् । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका-३ का ८४ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

प्रयोगशालामा शुक्रबार रातिसम्म परीक्षण गरिएका १२४ नमूनाहरुमध्ये ८ को रिपोर्ट पोजेटिभ आउँदा अन्य ११६ नमुनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार