सिन्धुपाल्चोक पहिरो : सभापति देउवाद्वारा दुःख व्यक्त

उज्यालो प्रतिनिधि २८ भाद्र २०७७, आईतवार समाचार

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा सातको मृत्यु र २४ जना बेपत्ता तथा बाग्लुङमा एक जनाको मत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै उनले सम्पूर्ण पीडितको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट सहानुभूति प्रकट गरेका छन् ।

उनले आज विज्ञप्तिमार्फत प्राकृतिक विपत्को यस घडीमा बेपत्ताको तीव्रताका साथ खोजी गर्न, घाइतेलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्री खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले सिन्धुपाल्चोकमा पछिल्लो समय पटकपटक पहिराले क्षति गरेको तथ्य दृष्टिगत गर्दै भूगर्भविद्ले औँल्याएका जोखिमका बस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरण अविलम्ब गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सरकारसमक्ष माग गरेका छन् ।

उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि पार्टीका सम्पूर्ण नेताकार्यकर्तामा अपिल गर्दै उनले पहिरामा जीवन गुमाउनेहरुको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार