कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुग्यो, एउटै जिल्लामा १२ जना

काठमाडौं । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ। सोमबार गरिएको पिसीआर परीक्षणमा थप १२ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काले जानकारी दिए।

उनका अनुसार मंगलबार रिपोर्ट आएका ति १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका हुन् भने २ जना सिम्ता गाउँपालिकाका हुन्। उनीहरु सबै भारतबाट आएका हुन्। कर्णालीमा देखिएका संक्रमित मध्ये सुर्खेतका मात्र १५ जना छन्।

भारतबाट आएर प्रदेशको सिमा नाका बबई तथा सुर्खेतस्थित सुब्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरुबाट लिइएको नमूना परीक्ष्ण गर्दा १२ जनामा पोजेटिभ रिपोर्ट आएको डा. खड्काले जानकारी दिए।

सोमबार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरी जम्मा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि भेटिएका सुर्खेतका संक्रमितमध्ये बराहताल गाउँपालिकाका २ जना, चौकुने गाउँपालिकाका एक जना हुन्।

कर्णालीमा पहिलो कोरोना संक्रमण दैलेखको आठविस नगरपालिकाका एक जनामा देखिएको थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार