बाँकेमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । बाँकेमा पहिलो पटक एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भेटिएको छ। 

खजुरा गाउँपालिका वडा नं. ३ निवासी ४२ वर्षीया एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ती नर्सको दुई दिन अगाडि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट स्वाब संकलन गरिएको थियो।

‘हामीले उहाँसँगै फ्रन्टलाइनमा खटिएका ११ जना स्वास्थ्यकर्मीको स्वाब संकलन गरेका थियौं,’ अध्यक्ष कक्षपतिले भने ‘अरु कसैमा कोरोना देखिएन तर उहाँमा मात्रै देखियो।’

संक्रमण पुष्टि भएपछि ती स्वास्थ्यकर्मीलाई खजुरास्थित आइसोलेसन वार्डमा राखिएको अध्यक्ष कक्षपतिले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार