भुम्लु अरुणोदयका शिक्षक सञ्जेलको बदनाम गराउने प्रयास, कानुनविपरीत फेसबुकमा फोटो प्रयोग !

केशव मोक्तान १२ आश्विन २०७८, मंगलवार उज्यालो फोकस

काठमाडौं । सर्वव्यापी सिद्धान्त यो हो कि अध्ययनको सिलसिलामा विद्यार्थीहरुबाट अपेक्षित परिणाम आएन भने सम्बन्धित शिक्षकले चेतावनी दिन सक्छ, त्यतिले नहुने स्थिति हो भने अवस्था अनुसारको कारबाही हुन्छ । सामान्य कुटपिट जुनसुकै विद्यालयमा हुन्छ । तपाई हामीसँग पनि कुनै न कुनै कक्षामा शिक्षकको कुटाई खाएको अनुभव छ ।

हो, काभ्रेको भुम्लु गाउँपालिका २ सिम्थलीमा रहेको अरुणोदय माध्यामिक विद्यालयमा अहिले शिक्षकले विद्यार्थीमाथि कुटपिट गरेको घट्ना चर्चामा छ । तर, कक्षा शिक्षणको क्रममा विद्यार्थीबाट अपेक्षित परिणाम नपाएपछि शिक्षकबाट भएको सामान्य कुटपिटलाई ‘निर्घात कुटपिट’को नाममा राजनीतिकरण गर्ने प्रयास भएको पाइएको छ ।

घट्ना गत असोज ७ गते बिहीबारको हो । विद्यार्थीहरुको आन्तरिक मूल्यांकनका लागि विज्ञान विषयका शिक्षक सुरज सञ्जेलले कक्षा ९ का विद्यार्थीको परिक्षा लिएका थिए । परिक्षा कुल ४२ पूर्णाङ्कको थियो भने उतीर्णाङ्क १८ ।

परिक्षामा सहभागि विद्यार्थी मध्ये ३ जना मात्रै उत्तिर्ण भएका थिए भने १५ जना विद्यार्थी अनुत्तिर्ण बने । आन्तरिक मूल्यांकनमा विद्यार्थीहरुबाट अपेक्षित परिणाम नआएपछि शिक्षक सञ्जेल निरास थिए । विद्यार्थीहरुबाट पढाईमा अपेक्षित मिहिनेत भएको नदेखिएपछि शिक्षक सञ्जेल विद्यार्थीहरुसँग निरास थिए ।त्यसपछि कमजोर मिहिनेत गरेका कारण कारबाही स्वरुप अनुत्तिर्ण भएका विद्यार्थीलाइ ८ गते शिक्षक सञ्जेलले लठ्ठीले खुट्टामा पिटेका थिए । जसका कारण केहि विद्यार्थीको शरीरमा निल, डाम देखिएको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

तर, शिक्षक सञ्जेलबाट विद्यार्थीमाथि निर्घात कुटपिट भने भएको थिएन । ‘कुनै पनि शिक्षकले विद्यार्थीलाई नराम्रो होस् भन्ने सोचेको हुँदैन, निरास हुनेखाले परिणाम आएपछि विद्यार्थीहरुमा पढाईको जोश जाँगर पलाओस् भन्ने उद्देश्यले मैले ब्याकसाइटमा सबैले सामान्य कुटपिट गरेको हुँ ।’ उज्यालो नेटवर्कसँग शिक्षक सञ्जेलले भने, ‘मबाट निर्घात कुटपिट भएको होइन, सामान्य कुटपिट गरेको हुँ ।’

तर, घट्नालाई अनावश्यक रुपमा अतिरञ्जित गरेकोमा शिक्षक सञ्जेल दुखी छन् । उनले थपे, ‘सामाजिक सञ्जालको दुरुपयोग गरेर मेरो बदनाम गराउने काम भयो, मेरो चरित्र हत्या भयो ।’

‘राजनीतिक अभिष्ट पूरा गर्न गलत प्रचार’
यसैबीच विद्यालयको तर्फबाट सोमबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक अभिष्ट पूरा गर्नका लागि गलत प्रचार भएको जनाएको छ । ‘सामान्य घट्नाक्रमलाई अतिरञ्जित गरेर सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न स्थानीय व्यक्तिले नै विद्यालय र शिक्षकको चरित्र हत्या गर्नु अत्यन्त निकृष्ट कार्य हो ।’ विद्यालयकी प्रधानाध्यापक निर्मला कुमारी खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ ।

कुटाई खाएकी विद्यार्थीको बयान, ‘मध्यराति जबर्जस्ती फोटो खिचाए, फेसबुकमा हालेर मानसिक तनाव दिए’
त्यसैगरी कुटाई खाएकी विद्यार्थी मनिषा पहरीले आफूलाई जबर्जस्ती फोटो खिचाएको बयान दिएकी छन् । स्थानीय भगवान पहरी नाम गरेका युवकले उनको फोटो खिचाएर फेसबुकमा हालेका थिए ।

एउटा भिडियोमा उनले भनेकी छिन्, ‘म त सुतिसकेको थिए, सञ्जेल सरप्रति मेरो कुनै गुनासो छैन, दुख्नेगरी हिर्काएको पनि छैन, भगवान पहरी आएर मध्यराति ड्रेस लगाउ कि लगाउ भनेर फोटो खिचाए, पछि फेसबुकमा हालेछन् ।’

कुन प्रयोजनका लागि फोटो खिचाएको हो भन्नेसम्म नखुलाइकन आफ्नो अनुमतिबिना फेसबुकमा फोटो राखेकोप्रति मनिषाले आपत्ति प्रकट गरेकी छन् ।

कानुनविपरीत फेसबुकमा फोटो पोस्ट, प्रहरीमा पर्न सक्छ उजुरी !
शिक्षक सञ्जेलबाट कुटाई खाएका भनिएकी छात्रा मनिषाले नै आफ्नो फोटो जबर्जस्ती खिचाएर त्यसको दुरुपयोग गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकोमा आपत्ति प्रकट गरिसकेकी छन् ।

मनिषाको बयानबाट स्थानीय युवा भगवान पहरीबाट कानुनविपरीत काम भएको प्रष्ट हुन्छ । मनिषा या सम्बन्धित पीडितले चाहेको खण्डमा यो विषयमा प्रहरीमा उजुरी गर्न सक्छ ।
मुलुकी अपराध संहिता दफा २९५ अनुसार अनुमतिबिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न पाइँदैन ।

उक्त दफाको उपदफा २ मा लेखिएको छ, ‘कसैले कुनै व्यक्तिको अनुमतिबिना निजको तस्बिर खिच्न वा निजको तस्बिरसँग अरू कसैको तस्बिर राखी अर्को तस्बिर बनाउन हुँदैन ।’

‘तर कसैले कुनै सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्ति समेतको तस्बिर खिचिन गएको रहेछ भने यस दफाबमोजिम कसुर गरेको मानिने छैन ।’

एक वर्ष कैद वा १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था
अनुमतिबिना तस्बिर खिच्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ भने तस्बिर बिगार्नेलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यस विषयमा फोटो पोस्ट गर्ने स्थानीय भगवान पहरीसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आउन मानेनन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार