पाल्पामा घरघरमै स्वास्थ्यकर्मी

पाल्पा । कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा पाल्पामा भने स्वास्थ्यकर्मीले घरघरमै पुगेर स्वास्थ्य सेवा दिन थालेका छन् । रम्भा गाउँपालिकामा चिकित्सकसहित स्वास्थ्यकर्मी पुगेर सेवा दिन शुरु गरेको पालिकाले जनाएको छ ।

हुँगी स्वास्थ्यचौकीका मेडिकल अधिकृत डा पूजन श्रेष्ठ तथा तनहुँ स्वास्थ्यचौकीका मेडिकल अधिकृत रक्षा पंगेनीसहित ५२ स्वास्थ्यकर्मीको टोली सङ्क्रमित परिवारको घरमै पुगेर अक्सिजन सेवा दिन खटिएको स्वास्थ्य शाखा संयोजक शिव अर्याल बताउंछन ।

अप्ठ्यारो भूबनावट रहेको रम्भामा दुई सवारी साधनमार्फत तपाईँको मास्क खोइ अभियानअन्तर्गत घरघरमै पुगेर मास्क, साबुन तथा भिटामिनसमेत प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

स्वास्थ्यकर्मीले बिरामीको घरमै पुगेर अक्सिजनसहितको स्वास्थ्य सेवा प्रदान गरेका छन् । पाँच इलेक्ट्रोनिक अक्सिजन तथा दुई ठूलो र आठ साना सिलिण्डरको अक्सिजन पालिकामा उपलब्ध रहेको र थप गर्ने प्रक्रिया शुरु भएको पालिकाले जनाएको छ । जनकल्याण माध्यमिक विद्यालय रम्भामा एक, हुँगी तथा रम्भा माध्यमिक विद्यालयमा पाँच र ताँहुमा अक्सिजनसहितको अस्थायी कोभिड– अस्पताल सञ्चालनमा ल्याइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार