भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२ हजार नाघ्यो
नयाँदिल्ली । भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भएका मध्ये एकै दिनमा एक हजार १४१ जनाको मृत्यु भएको छ भने ८६ हजार ५२ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् । । योसँगै भारतमा अहिलेसम्म ५८ लाख १८ हजार ५७१ जना सङ्क्रमित भएका हुन् । कुल सङ्क्रमितमध्ये अहिले नौ लाख ७० हजार ११६ जना मात्रै सक्रिय सङ्क्रमित अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित भएका मध्ये ४७ लाख ५६ हजार १६५ जना सङ्क्रमणमुक्त भएका छन् भने ९२ हजार २९० जनाको कोरोनाकै कारण मृत्यु भएको छ । थप पढ्नुहोस् ...












