दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तरद्वारा क्षमायाचना

उज्यालो प्रतिनिधि ९ आश्विन २०७७, शुक्रबार प्रवास

सियोल । उत्तर कोरियाली नेता किम जोङ–अनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा माग्नु भएको छ ।

उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको चियोङ वा डाईका राष्ट्रिय सुरक्षा निर्देशक एवं राष्ट्रपति मूनका वरिष्ट सुरक्षा सल्लाहकार सूह हूनले बताउनुभएको छ ।

उत्तर कोरियाले पठाएको पत्रमा एक जना अपरिचित व्यक्तिले तटीय सुरक्षा गस्तीले चेतावनी दिएपनि त्यसको बेवास्ता गर्दै अगाडि बढेपछि गोली चलाउनु परेको उल्लेख छ । यसैबीच, मून र किमले हालैमात्र व्यक्तिगत पत्र आदानप्रदान गर्नु भएको सूहले बताउनुभएको छ । उक्त पत्रहरुमा कोरोनाभाइरस महामारीबाट उत्पन्न कठिनाईलाई परास्त गर्दै सियोल–प्योङयाङबीचको सम्बन्धलाई पुनः गति दिने अपेक्षा गरिएको छ ।

ती पत्रहरु पछिल्लो एक महिनाभित्र आदानप्रदान गरिएको पनि सूहले बताउनुभयो । सूह दक्षिण कोरियाली राष्ट्रपतिका उच्च सुरक्षा सल्लाहकार हुनुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार