काठमाडौं । पछील्लो २४ घण्टामा देशभर १३२५ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या ६४,१२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
मन्त्रालयका प्रभाक्ता गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ । तीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेशनमा र ८ हजार ४०७ जना होम आइसोलेशनमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा जना ९६६ कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ४६ हजार २३३ जना पुगेको छ ।
यसै गरी पछील्लो २४ घण्टामा थप १० जनाको मृत्यु भए सँगै नेपालमा कोरोना भाइरस(कोभिड-१९) बाट मृत्यु हुनेको कुल संख्या ४११ पुगेको छ।






