गण्डकीमा थप २० जना कोरोना संक्रमित थपिए
पोखरा । गण्डकी प्रदेशमा थप २० जना कोरोना संक्रमित थपिएका छन । योसंगै गण्डकीमा कुल संक्रमितको संख्या एक हजार ५०५ जना पुगेको छ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सो जानकारी दिएका हुन । निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले दिएको जानकारी अनुसार प्रदेशका छ जिल्ला तनहूँमा दुुई जना, स्याङ्जामा आठ जना, लमजुङमा तीन जना, बाग्लुङमा एक जना र कास्कीमा छ जना संक्रमित थपिएका हुन् । कोरोना संक्रमितमध्ये दुई जना महिला र अरु सबै पुरुष रहेका छन् । सबैलाई सम्बन्धित क्षेत्रको आइसोलेशनमा लैजाने तयारी भइरहेको छ ।हालसम्म एक हजार २४५ जना निको भएर घर फर्किएका छन् । थप पढ्नुहोस् ...












