कोरोनाको डर : जब पैसा ओभन र वासिङ मेसिनमा हालियो

उज्यालो प्रतिनिधि १८ श्रावण २०७७, आईतवार रोचक बिचित्र

एजेन्सी । कोरोना भाइरस ‘कोभिड १९’ पैसाबाट पनि सर्छ भन्ने विषय विश्वव्यापी बनेपछि दक्षिण कोरियाका मानिसहरुले उनीहरुसँग भएका पैसाहरु ओभन र वासिङ मेसिनमा हालेका छन्।

यस कार्यबाट उनीहरुले ठूलो क्षति व्यहोर्नु परेको दक्षिण कोरियाली संचारमाध्यमले जनाएका छन्।

राजधानी सोलनजिक आनसन शहरमा बसोबास गर्दै आएका एक व्यक्तिले ५० हजार वनका अनगिन्ती नोटहरु वासिङ मेसिनमा हालेर धुन खोजेका थिए।

तर उनका पैसाहरु धुने क्रममा च्यातिए, टुक्राटुक्रा भए। उनले बैंकमा गएर पैसा साट्न खोजे।

नियम अनुसार पैसाका अंकहरु नच्यातिएका पैसाहरु मात्र साटिए त्यो पनि आधा मूल्यमा, जसका कारण उनले सबै पैसा बराबर मात्र १९ हजार ३२० अमेरिकी डलर प्राप्त गरे। कोरोनाबाट बच्न वासिङ मेसिनमा पैसा धुँदा आफूले ठूलो घाटा व्यहोरेको उनी सुनाउँछन्।

द बैंक अफ कोरियाका अनुसार सर्वसाधारणले कोरोना भाइरस मार्ने भन्दै धेरै पैसाहरु ओभनमा पनि हालेका छन्।

जसका कारण पैसाहरु डढेका छन्। डढेका पैसा साट्न पनि मानिसहरु बैंक आउने गरेको बताइएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार